असोज ३० गते २०८३ || October 16, 2026

चुनावमा प्रतिस्पर्धा कांग्रेससँग हुन्छ, रास्वपा होइन भन्ने एमालेको दाबी


शुक्रबार, माघ १६ २०८२०१:५९

चुनावमा प्रतिस्पर्धा कांग्रेससँग हुन्छ, रास्वपा होइन भन्ने  एमालेको दाबी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताउनु भएको छ  ।

एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उहाँको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो पार्टी भएको र अहिले पनि कांग्रेस नै प्रतिस्पर्धी शक्ति रहेको बताउनु भएको हो ।

‘काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको छ । रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामिण क्षेत्रमा बढेको देखिन्छ’ उहाँले भन्नुभयो , ‘तर, त्यो प्रभाव चुनाव जित्ने तहसम्मको होइन भन्ने छ । त्यसैले एमालेसँग कांग्रेस नै प्रतिस्पर्धामा छ ।’

पोखरेलले रास्वपाले समानुपातिकतर्फ मत बढाउने विश्लेषण पनि सुनाउनु भयो  ।

‘अघिल्लो चुनावमा समानुपातिक हकमा सहरी क्षेत्रको मत रास्वपालाई धेरै गएको हो । अहिले घट्ने देखिन्छ । तर, प्रत्येक जिल्लामा केही न केही ल्याइहाल्छ, त्यसैले ग्रामिण क्षेत्रको मत बढ्ने आँकलन छ,’ महासचिव पोखरेलले सुनाउनु भयो ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend