असोज ३० गते २०८३ || October 16, 2026

प्रदेश–स्थानीय चुनावअघि कांग्रेसको महाधिवेशन हुने सभापति थापाको दावी


शनिबार, माघ १७ २०८२०२:०९

प्रदेश–स्थानीय चुनावअघि कांग्रेसको महाधिवेशन हुने  सभापति थापाको दावी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय तहको निर्वाचनअघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न हुने बताउनु भएको छ । शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का पार्टी कार्यकर्तासँगको भेटघाटमा उहाँले नयाँ महाधिवेशनपछि कांग्रेसमा निर्वाचनको टिकट तल्लो तहबाट वितरण गर्ने व्यवस्था सुरु हुने बताउनु भयो  ।

अब टिकटका लागि पार्टी नेतृत्वको घर धाउनुपर्ने अवस्था नहुने उल्लेख गर्दै थापाले पार्टीभित्र गुटबन्दी अन्त्य भइसकेको र विगतको ६०–४० भागबण्डाको अभ्यास सकिएको दाबी गर्नु भयो  । कांग्रेसले पार्टीभित्र र बाहिर दुवै ठाउँमा भागबण्डा नगरी सबैलाई समान व्यवहार गर्ने नीति लिएको उहाँले बताउनु भयो।

सभापति थापाले कांग्रेस परिवर्तनको दिशामा अघि बढिरहेको र बदलिएको कांग्रेसले देश परिवर्तन गर्ने संकल्प गरेको पनि स्पष्ट पर्नु भयो।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend