असोज ३० गते २०८३ || October 16, 2026

प्रधानमन्त्री हुनेतिर मेरो ध्यान छैन: प्रचण्ड


शनिबार, माघ १७ २०८२०२:३२

प्रधानमन्त्री हुनेतिर मेरो ध्यान छैन: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बन्नेतिर आफ्नो ध्यान नभएको बताउनु भएको छ ।

सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त्री फेरि भएरै छोड्ने ? भन्दै प्रश्न गरेका थिए।

जवाफमा प्रचण्डले भन्नुभयो , ‘त्यतातिर मेरो ध्यान छैन।’ प्रचण्डले पछिल्लो समय भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेकामध्येबाट कोही नबन्ने दाबी गर्दै आइरहनु भएको छ ।

नेकपा एमालेले अध्यक्ष केपी ओली, कांग्रेसले सभापति गगन थापा र रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।

उहाँले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म पार्टी एकता जारी पनि बताउनु भयो ।उहाँले  भन्नुभयो , ‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ। विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु।’ 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend