असोज ३० गते २०८३ || October 16, 2026

भारतीय गाडीमा आएको समूहले खुँडा प्रहार गर्दा नेपालगन्जमा तीनजना घाइते


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०५:२९

भारतीय गाडीमा आएको समूहले खुँडा प्रहार गर्दा नेपालगन्जमा तीनजना घाइते

काठमाण्डौँ - भारतीय नम्बर प्लेटको गाडीमा आएको एक समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगन्जमा तीन युवा घाइते भएका छन् । अज्ञात समूहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिकाका तीनजना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा नेपालगन्ज वडा नम्बर १२ का उज्ज्वल शाह, वडा नम्बर ४ का सुगम शाह र वडा नम्बर ४ कै अनुराग शाह रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी रामप्रसाद घर्तीले बताए ।

नेपालगन्ज– ४ गणेशपुरस्थित आफन्तको घरमा गएका वेला अज्ञात समूहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको उनले बताए । घाइते तीनैजनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको  छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend