असोज ३० गते २०८३ || October 16, 2026

दशैंअघि महाधिवेशन गर्ने तयारीमा नेपाली कांग्रेस, पदाधिकारीद्वारा पुष्टि


सोमबार, चैत ९ २०८२०५:२०

दशैंअघि महाधिवेशन गर्ने तयारीमा नेपाली कांग्रेस, पदाधिकारीद्वारा पुष्टि
 

नेपाली कांग्रेसले १५औं महाधिवेशन २०८३ सालको दशैंअघि नै सम्पन्न गर्ने तयारी गरेको छ। चैत १० बाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले महाधिवेशनको विस्तृत कार्यतालिका पेश गर्ने तयारी गरेका छन्।

पार्टीका एक पदाधिकारीका अनुसार आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दशैंअघि नै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने रणनीति बनाइएको हो। “भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका ल्याउनेछ र छलफलपछि पारित गर्नेछ,” ती पदाधिकारीले भने, “हाम्रो लक्ष्य दशैं अगाडि नै नियमित महाधिवेशन सम्पन्न गरी चुनावी तयारीमा केन्द्रित हुने हो।”

यस वर्षको दशैं असोज अन्तिम साता र कात्तिकको सुरुवातमा पर्ने भएकाले पार्टीले असोजको पहिलो सातासम्म महाधिवेशन सक्ने गरी तालिका ल्याउने तयारी गरेको जनाएको छ। यसले नयाँ कार्यसमिति गठनसँगै संगठनलाई चुनावतर्फ सक्रिय बनाउने विश्वास लिइएको छ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend