राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ आज हेर्दाहेर्दैमा सकिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको हो।
महान्यायाधिवक्ता सविता भण्डारीले यसअघि विभिन्न जिल्ला अदालतमा दायर मुद्दाबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप हटाउने निर्णय गरेकी थिइन्। सोही निर्णयविरुद्ध अधिवक्ताहरू र कानुन क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले रिट दायर गरेका हुन्।
यसअघि अदालतले उक्त निर्णयसम्बन्धी कागजात झिकाउन आदेश दिएको थियो। अब सुनुवाइ आगामी पेशीमा निरन्तर हुने छ।