बेलायतले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ।
काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जालमार्फत बधाई सन्देश दिँदै शाहको नेतृत्वप्रति शुभेच्छा व्यक्त गरेको हो। सन्देशमा नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आधुनिक साझेदारीतर्फ अघि बढाउने उल्लेख गरिएको छ।
दूतावासले आर्थिक वृद्धि, युवाहरूको रोजगारी तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिने संकेत पनि दिएको छ। साथै, नयाँ सरकारले आफ्ना प्राथमिकताहरू तय गर्ने क्रममा बेलायत सहकार्य गर्न तयार रहेको जनाइएको छ।
यो सन्देशसँगै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।