कात्तिक १ गते २०८३ || October 17, 2026

एमाले लुम्बिनी संसदीय दलमा लीला गिरी सर्वसम्मत, चेतनारायण उपनेता


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०५:३२

एमाले लुम्बिनी संसदीय दलमा लीला गिरी सर्वसम्मत, चेतनारायण उपनेता

रुपन्देही - नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयत गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैजनालाई सर्वसम्मत चयन गरिएको सांसद भूमिश्वर ढकालले नेपाल प्रेसलाई बताए ।

 गिरी रुपन्देही २ को १ बाट र आचार्य अर्घाखाँची १ बाट निर्वाचित भएका हुन् । यसअघि दुवैजना दलको नेतामा आकांक्षी भएपनि नेतृत्वले सहमतिमा टुंगाएको हो । उनीहरू दुवैजना पूर्वमन्त्री हुन् ।


  • सम्बन्धित विषय:

  • # एमाले लुम्बिनी संसदीय दलमा लीला गिरी सर्वसम्मत, चेतनारायण उपनेता
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend