असोज २९ गते २०८३ || October 15, 2026

मालपोत कार्यालय पर्सामा राजस्व चुहावट, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


बुधबार, चैत १८ २०८२०६:१८

मालपोत कार्यालय पर्सामा राजस्व चुहावट, आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत कार्यालय, पर्सामा भएको राजस्व चुहावट प्रकरणमा तत्कालीन अधिकृत हरिनारायण मिश्रसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन प्रक्रियामा अनियमितता गरी राज्यलाई नोक्सान पुर्‍याएको आरोप लगाएको हो।

आयोगका अनुसार रजिस्ट्रेसन फाँट ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहोरो रूपमा लिखत पारित गरिएको थियो। यस क्रममा बढी रकम भएका लिखतको राजस्व नबुझाई हिनामिना गरिएको पाइएको छ।

यस प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीविरुद्ध फरक–फरक रकमको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ। उनीहरूमाथि लाखौँदेखि करोडौँ रुपैयाँसम्मको राजस्व हिनामिनाको आरोप छ।

यस्तै, तत्कालीन नायव सुब्बा स्वर्गीय किरणप्रसाद उपाध्यायसँग सम्बन्धित मुद्दामा उनका चार छोराविरुद्ध समेत करोडौँ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा चलाइएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दोषी ठहर भएमा कैद सजायसँगै हिनामिना भएको रकमको दोब्बर जरिवाना हुने मागदाबीसमेत गरेको जनाएको छ।


  • सम्बन्धित विषय:

  • # बालकृष्ण खाँण


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend