असोज ३० गते २०८३ || October 16, 2026

प्रतिनिधिसभाको पहिलो बैठक, शीर्ष नेताहरूले सम्बोधन गर्ने


बुधबार, चैत १८ २०८२०६:३५

प्रतिनिधिसभाको पहिलो बैठक, शीर्ष नेताहरूले  सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ, जहाँ निर्वाचनपछिको संसदीय गतिविधि औपचारिक रूपमा सुरु हुनेछ। बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

पहिलो बैठकका लागि यसअघि बसेको सर्वदलीय बैठकले पाँचवटा कार्यसूची तय गरेको थियो। जसअनुसार अधिवेशन आह्वानसम्बन्धी सूचना प्रस्तुत गरिने, शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने, सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिने, नयाँ नियमावली नआएसम्म पुरानै नियमअनुसार काम गर्ने प्रस्ताव अघि सारिने तथा केही अध्यादेश संसद्मा पेश गरिनेछ।

राजनीतिक दलहरूले बैठक निर्धारित कार्यसूचीअनुसार नै अगाडि बढ्ने बताएका छन्। नेताहरूले संसद्मा आफ्ना धारणा राख्दै आगामी राजनीतिक दिशा तय गर्ने संकेत दिएका छन्।

यसैबीच, प्रमुख दलहरूले संसदीय रणनीति तय गर्न आन्तरिक बैठकहरू पनि गरिरहेका छन्। केही दलले संसदीय दलका नेतामार्फत आफ्ना धारणा प्रस्तुत गर्ने जनाएका छन् भने अन्य दलहरूले पनि उपलब्ध समयअनुसार आफ्ना विचार राख्ने तयारी गरेका छन्।

नयाँ प्रतिनिधिसभाको यस बैठकलाई आगामी राजनीतिक सहकार्य, बहस र नीतिगत दिशाको सुरुआतका रूपमा हेरिएको छ।





प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend