कात्तिक १ गते २०८३ || October 17, 2026

एमाले अध्यक्ष ओली भन्छन्-"मन्त्रिपरिषद् विस्तारमा अझै १०/१५ दिन लाग्न सक्छ"


पिपल अनलाइन
आइतबार, पुस १७ २०७९०५:३४

एमाले अध्यक्ष ओली भन्छन्-"मन्त्रिपरिषद् विस्तारमा अझै १०/१५ दिन लाग्न सक्छ"

काठमाडौँ – सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०र१५ दिन लाग्न सक्ने संकेत गरेका छन् । अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।

आइतबार मदन भण्डारी स्पोर्टस् एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रह समेत गरे । उनले खेलाडीहरुले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उनीहरुको सो माग सरकारसमक्ष पुर्‍याउन आफू लागिपर्ने आश्वासन समेत दिए। नयाँ खेलकुद मन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने अध्यक्ष ओलीको भनाइ छ । उनले बालबालिकाहरुलाई  उचित संरक्षण गरेर सफल बनाउन पनि सरकार लाग्नुपर्ने आवश्यकता औंल्याए । 


  • सम्बन्धित विषय:

  • # एमाले अध्यक्ष ओली भन्छन्-"मन्त्रिपरिषद् विस्तारमा अझै १०/१५ दिन लाग्न सक्छ"
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend