नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
आइतबार न्यायाधीश विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा सुनुवाइ तय भए पनि पूर्ण सुनुवाइ नपुगेको कारण सोमबारका लागि सारिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
जेनजी आन्दोलन घटनाको छानबिनका लागि गठन गरिएको आयोगले कारबाही सिफारिस गरेपछि ओली र लेखकलाई प्रहरीले चैत १४ गते हिरासतमा राखेको थियो। उनीहरूको तर्फबाट रिहाइको माग गर्दै चैत १५ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो।
सरकारले चैत १६ गते लिखित जवाफ पेस गरिसक्दा सुनुवाइ अघि बढेको छ भने प्रहरीले हिरासत थप्न जिल्ला अदालतमा म्याद बढाउने निवेदन पेश गरेको छ। जिल्ला अदालतको निर्णय आउन बाँकी छ।