कात्तिक १ गते २०८३ || October 17, 2026

मन्त्री दीपककुमार साह पदमुक्त, पदीय आचरणमाथि चर्कियो बहस


बिहीबार , चैत २६ २०८२०४:३७

मन्त्री दीपककुमार साह पदमुक्त, पदीय आचरणमाथि चर्कियो बहस

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन्। पार्टीको सिफारिसका आधारमा उनलाई मन्त्री पदबाट हटाउने निर्णय गरिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष पत्र पठाएका थिए। सोही सिफारिसपछि प्रधानमन्त्री शाहले साहलाई पदमुक्त गरेका हुन्।

रास्वपाले मन्त्री साहका गतिविधिले पार्टीको छवि र मर्यादामा असर परेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको जनाएको छ। यस घटनापछि सरकारभित्र पदीय आचरण, नैतिकता र जवाफदेहिताका विषयमा व्यापक चर्चा सुरु भएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend