असोज २९ गते २०८३ || October 15, 2026

श्री जुद्धोदय माध्यमिक विद्यालयको ८७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न - फोटो फिचर


बिहीबार , चैत २६ २०८२०७:०९

श्री जुद्धोदय माध्यमिक विद्यालयको ८७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न - फोटो फिचर


काठमाडौँ — श्री जुद्धोदय माध्यमिक विद्यालय, क्षेत्रपाटी, काठमाडौँमा ८७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन शिक्षक श्री चन्द्रदत्त शर्मा र शिक्षक श्री देवकी पाण्डेद्वारा गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पुरुषोत्तम मानन्धरले गर्नुभएको थियो, भने प्रमुख अतिथिका रूपमा श्री प्रह्लाद कृष्ण मानन्धरको उपस्थिती रहेको थियो।
विशेष अतिथिहरूमा काठमाडौँ महानगरपालिका-१६ का वडा अध्यक्ष श्री रोजिना श्रेष्ठ, शिक्षा विभागीय प्रमुख श्री नवराज ढकाल लगायत उपस्थित थिए।
विद्यालयका प्रधानध्यापक श्री मधुलाल गौतमले कार्यक्रममा विद्यालयको प्रगति, उपलब्धि र आगामी योजनाबारे जानकारी दिनु भयो। उहाँले अभिभावक र विद्यार्थीबीचको सहकार्यको महत्त्वमा जोड दिनु भएको थियो।
कार्यक्रममा शिक्षा अधिकृत श्री नेत्र नारायण पौडेल, स्रोत शिक्षक श्री नारायण प्रसाद नेपाल, विद्यालयका प्रतिनिधि श्री मधुलाल गौतम, जे.पी. एलुम्नाईका अध्यक्ष श्री विजय राज तुलाधर, शिक्षासेवी श्री सुदाम गिरी तथा पत्रकार श्री दीप दाहाल लगायतको विशेष उपस्थिती थियो।
विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसले विद्यालयको समग्र प्रगति र समुदायसंगको सम्बन्धलाई उजागर गर्‍यो। कार्यक्रमले अभिभावक र शिक्षकबीचको सम्बन्ध बलियो बनाउन सहयोग गरेको विद्यालयले जनाएको छ।

1.jpg
IMG_4814.JPG


undefined
322.JPG
undefined

11.JPG3.jpg2.jpgIMG_4814.JPG


  • सम्बन्धित विषय:

  • # Shree Juddhodaya Secondary School


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend