रानीबारीस्थित श्री रानीदेवी माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरिएको छ। अभिभावकहरूको उत्साहपूर्ण उपस्थितिका बीच सम्पन्न कार्यक्रमले विद्यालय गतिविधिमा थप ऊर्जा थपिएको विद्यालय स्रोतले जनाएको छ। समिति गठन प्रक्रियामा समन्वयकारी भूमिका निर्वाह गर्ने वडा अध्यक्ष प्रेम थापा तथा शिक्षा अधिकृत रूक्मिला इटनी प्रति कार्यक्रममा सहभागीहरूले आभार व्यक्त गरेका छन्। नवगठित विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रशन्न नर्सिह राणा चयन हुनुभएको छ। सदस्यहरूमा प्रेम थापा, शारदा शाक्य, रीता लम्साल, भक्तबहादुर खड्का, हीमकुमारी श्रेष्ठ, जेविन घलान तथा शिक्षक प्रतिनिधिका रूपमा विमला कार्की रहनुभएको छ। सदस्य सचिवको जिम्मेवारी नारायणप्रसाद गौतम (प्रधानाध्यापक) लाई दिइएको छ। यसैगरी, शिक्षक अभिभावक सङ्घतर्फ अध्यक्षमा इन्दिरा थापा चयन हुनुभएको छ। सदस्यहरूमा टेकबहादुर पाइजा मगर, सानुमाया गुरुङ, भूमिका तामाङ, राजु बस्नेत, सानुमैयाँ केसी तथा शोभा कट्टेल रहेका छन्। सदस्य सचिवमा विश्वेवर आचार्य चयन हुनुभएको छ। समिति गठन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको र यसमा सहयोग गर्ने सम्पूर्ण अभिभावकप्रति विद्यालय प्रशासनले धन्यवाद व्यक्त गरेको छ। नवगठित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।