पार्टीको आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व नभएका क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा सांसदहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पारिएको थियो।
उक्त प्रस्तावलाई सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले औपचारिक रूपमा अनुमोदन गरेको पार्टीले जनाएको छ।
पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूको जिम्मेवारी निर्धारणसम्बन्धी निर्णय मंगलबार सार्वजनिक गरिएको हो।

