असोज ३० गते २०८३ || October 16, 2026

संविधान संशोधनको तयारी तीव्र, विज्ञहरूसँग आज महत्वपूर्ण छलफल


मंगलबार, वैशाख २२ २०८३०१:०८

संविधान संशोधनको तयारी तीव्र, विज्ञहरूसँग आज महत्वपूर्ण छलफल

संविधान संशोधनका लागि बहसपत्र तयार पार्न गठन गरिएको कार्यदलले आज विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूसँग महत्वपूर्ण छलफल गर्ने भएको छ। कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग संवाद गर्न लागेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको उक्त कार्यदलले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल आयोजना गरेको जनाएको छ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार छलफलमा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव तथा धारणा सङ्कलन गरिनेछ।

यसअघि वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्वउच्चपदस्थ अधिकारी, प्रशासनिक क्षेत्रका विज्ञ तथा कूटनीतिक अनुभवीहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो। अहिले उक्त प्रक्रिया अगाडि बढ्दै संविधान संशोधनको तयारी थप सक्रिय बनेको देखिएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend