कात्तिक २ गते २०८३ || October 18, 2026

गृहमन्त्रीद्वारा ७७ वटै सीडीओ र सुरक्षा प्रमुखको बैठक आह्वान


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०७:१९

गृहमन्त्रीद्वारा ७७ वटै सीडीओ र सुरक्षा प्रमुखको बैठक आह्वान

काठमाण्डौँ- काठमाडौं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे भर्चुअल बैठक डाकिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

गृहमन्त्रालयमा अनुसार बैठकमा आमनागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचारलगायतका विषयमा छलफल हुनेछ । गृहमन्त्री लामिछानेले जिल्लाबाट दिइँदै आएको सेवा’दयगत जानकारी लिँदै सेवाप्रवाहलाई प्रभावकारी बनाउन र जनताको मन जितेर काम गर्न सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिने बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # गृहमन्त्रीद्वारा ७७ वटै सीडीओ र सुरक्षा प्रमुखको बैठक आह्वान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend