कात्तिक १ गते २०८३ || October 17, 2026

गृहमन्त्री लामिछानेको पहिलो भर्चुअल मिटिङः दिए १८ बुँदे निर्देशन


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९१२:०२

गृहमन्त्री लामिछानेको पहिलो भर्चुअल मिटिङः दिए १८ बुँदे निर्देशन

काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अहिले एकपछि अर्को निर्देशन दिइरहेका छन् । यहि क्रममा उनले शीतलहर, जाडोजस्ता प्राकृतिक प्रकोपबाट जनता कसरी जोगिन्छन् भन्ने बारेमा प्रमुख जिल्ला अधिकारीहरुलाई योजना बनाएर काम गर्न निर्देशन दिएका छन् । मन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएक हुन् । सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले उक्त निर्देशन निर्देशन दिएका हुन् ।

यसको साथै लामिछानेले नेपालका सम्पूर्ण प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् । जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री लामिछानेले जनताले कुनै पनिकिसिमको गुनासो गर्न नपर्ने गरि काम गर्न समेत निर्देशन दिएका छन् । सिंहदरबारबाट सिडिओहरुसँग भर्चुअल कुराकानी गर्दै लामिछानेले सम्पादन गर्न सकिने एवं सरलीकरणका विषयहरु समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन निर्देशन दिएका हुन् ।

‘सेवा प्रवाहमा कार्यालयको आन्तरिक व्यवस्थापनबाटै गर्न सकिने तथा मेरो वा सचिवस्तरीय निर्णयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानून, साधन र स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रकृया सरलीकरणका विषयहरू समावेश गरी १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउनु होस्,’ लामिछानेले निर्देशन दिँदै भनेका छन्– ‘कार्यालयको कार्य सम्पादनसँग सम्बन्धित समस्याहरूका बारेमा आजै बेलुकीसम्म लेखी पठाउनुहोस् ।’ मन्त्री लामिछानेले विभिन्न १८ बुँदाका निर्देशन दिँदै जनताका समस्यासँग सरोकार भएका विषयमा ध्यान दिन निर्देशन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend