मकवानपुर - बागमती प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचनको मिति तय गरिएको छ ।
प्रदेशसभाका सभामुखको लागि आगामी २८ गते र उपसभामुखको लागि आगामी २९ गते निर्वाचन गर्न दलहरूबीच सहमति भएको उनले बताए । उक्त निर्वाचनको लागि पुस २७ गते सभामुख र उपसभामुखको निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम राख्ने सर्वदलीय बैठकमा सहमति भएको उनले बताए ।