असोज ३० गते २०८३ || October 16, 2026

सिन्धुपाल्चोकमा तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०१:२७

सिन्धुपाल्चोकमा तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु

 सिन्धुपाल्चोक - खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका(६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मुक्तिनाथसहित ३ जनालाई राजारामले शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते भएकोमा तिपेनी अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल काठमाडौं पठाएकोमा उपचारको क्रममा सोमबार बिहान मुक्तिनाथको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # सिन्धुपाल्चोकमा तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend