असोज २९ गते २०८३ || October 15, 2026

माधव नेपालले भने_"एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन"


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०१:५८

माधव नेपालले भने_"एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन"

काठमाडौँ - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल नहुने स्पष्ट पारेका छन् । सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले वर्तमान सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादी सामेल नहुने बताएका हुन् । 

बैठकमा उनले आफ्नो पार्टीले वर्तमान राजनीतिक परिस्थितिमा ठिक गरिरहेको उल्लेख गर्दै कसैसामु लत्रने पक्षमा नरहेको दाबी गरे । ‘देशको राजनीतिक आफ्नै जटिलता छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ । हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ,’ नेपालले भने ।


  • सम्बन्धित विषय:

  • # माधव नेपालले भने_"एकीकृत समाजवादी सत्तागठबन्धनमा सामेल हुँदैन"
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend