असोज २९ गते २०८३ || October 15, 2026

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी


पिपल अनलाइन
सोमबार, पुस १८ २०७९०३:३६

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी

दाङ - लुम्बिनी प्रदेशसभा  कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नं ३ क बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनी हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत थिए । 

संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए । 

लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् ।  लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् । 


  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend