काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार इमर्जेन्सी एक्जिट तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् ।