असोज ३० गते २०८३ || October 16, 2026

इन्टरनेट सेवा अवरोध हुँदा त्यसको जिम्मा प्राधिकरणले लिनुपर्छ : आईस्पान


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०७:२८

इन्टरनेट सेवा अवरोध हुँदा त्यसको जिम्मा प्राधिकरणले लिनुपर्छ : आईस्पान

काठमाडौँ - इन्टरनेट सेवाप्रदायक संघ नेपाल आईस्पानले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशका विभिन्न भागमा विद्युत प्राधिकरणले सेवा प्रदायकको तार काट्न थालेकाले तार काट्दा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको हो ।

संघले विद्युत प्राधिकरणका कारण देशमा इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण नभएको दाबी गर्दै इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण बनाउन सरोकारवाला निकायहरुसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend