असोज २९ गते २०८३ || October 15, 2026

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै, पार्टीमा सहभागी हुने/नहुनेमा ठोस निर्णय आउने !


पिपल अनलाइन
मंगलबार, पुस १९ २०७९०८:०१

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै, पार्टीमा सहभागी हुने/नहुनेमा ठोस निर्णय आउने !

काठमाडौँ -  नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज ११ बजे पुन बस्दै छ । आज बस्ने पोलिटब्यूरो बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउनेछ ।  पोलिटब्यूरो बैठकमा आज बाँकी नेताले धारणा राख्ने छन् । हिजो ३० नेताले आफ्नो धारणा राखेका थिए । वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालले सरकारमा नजाने प्रस्ताव पेश गरेका छन् ।  नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखे । उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिएका छन् । शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो । 


  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै, पार्टीमा सहभागी हुनेनहुनेमा ठोस निर्णय आउने !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend