असोज २९ गते २०८३ || October 15, 2026

कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने : राष्ट्रिय परीक्षा बोर्ड


शुक्रबार, चैत ४ २०७८०८:३६

कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने : राष्ट्रिय परीक्षा बोर्ड

काठमाण्डाै –- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि सञ्चालन गर्ने जनाएको छ । आज शुक्रवार बसेको बोर्ड बैठकले कक्षा १२ को परीक्षा २०७९ सालको जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। 

परीक्षा नौ दिन सञ्चालन हुनेछ । थप विवरण केहीबेरमा वेबसाइटमा राख्ने उनले बताए । प्रश्न पत्र भने अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्नेछ । कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो ।  

यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय परीक्षा बोर्ड
  • # कक्षा १२


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend