असोज ३० गते २०८३ || October 16, 2026

उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ? 


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०७:५४

उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ? 

काठमाण्डौँ - सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते ुमिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नूु भन्ने बेहोराको पत्र थमाएपछि शाही सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै जंगी अड्डाको अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेपछि उनी मंगलबार नियमित कामका लागि जंगी अड्डा पुगेका थिए ।

सर्वोच्चको आदेशअनुसार काममा लगाउनुको साटो सैनिक मुख्यालयले उनलाई नियन्त्रणमा लिएको हो । पूर्वाग्रहका आधारमा आफूलाई अवकाश पत्र थमाएको भन्दै न्यायका लागि सर्वोच्च पुगेका शाहीमाथि सैनिक मुख्यालयले भने सैनिक अनुशासन र संगठनविपरीत गतिविधि गरेको आरोप लगाएको छ ।

उहाँमाथि विगतमा आर्थिक अनुशासनमा नबसेको सन्दर्भका केहीकेही उजुरी परेका थिए,ुनेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, त्यसैको छानबिनका लागि नियन्त्रणमा राखिएको छ ।ु यो समाचार नागरिक दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend