असोज २९ गते २०८३ || October 15, 2026

यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने 


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०८:१७

यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने 

काठमाडौँ - यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने पक्कापक्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सभामुख चुन्ने तयारी गरिएको हो । प्रतिनिधिसभा पहिलो बैठक २५ पुसमा बस्दै छ । संविधानको धारा ९१ मा प्रतिनिधिसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने उल्लेख छ ।

सो समय आधार मान्दा १० पुससम्म सभामुख चयन गरिसक्नुपर्छ । १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्डले आगामी २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । त्यसलगत्तै सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी सत्ता गठबन्धनको छ । संसद् सचिवालयका अनुसार सभामुख निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ ।


  • सम्बन्धित विषय:

  • # यही पुसभित्रै प्रतिनिधिसभाले नयाँ सभामुख पाउने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend