असोज २९ गते २०८३ || October 15, 2026

नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई २ दिने प्रशिक्षण दिने


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०८:२१

नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई २ दिने प्रशिक्षण दिने

 काठमाडौँ - नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई २ दिने प्रशिक्षण दिने भएको छ । पार्टीले गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई पुस २३ र २४ गते प्रशिक्षण दिने कार्यक्रम राखेको हो । नवनिर्वाचित सांसदहरुलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङसहित संसदीय राजनीतिका जानकारहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

कार्यक्रममा सचिवालय र संसदीय दलबीचको सम्बन्धका बारेमा पनि सांसदहरुलाई जानकारी गराइने स्रोतले जनाएको छ । एमालेले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ ४४ सिटमा जित हासिल गरेको छ ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई २ दिने प्रशिक्षण दिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend