असोज २९ गते २०८३ || October 15, 2026

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


पिपल अनलाइन
बुधबार, पुस २० २०७९११:२२

नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

 काठमाडौँ - नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । पत्रकार सम्मलेनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएका थिए। सरकारबाट बाहिरिए पनि उनले पत्रकार सम्मेलन गरेका थिएनन् । 


  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend