असोज ३० गते २०८३ || October 16, 2026

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु


पिपल अनलाइन
बुधबार, पुस २० २०७९११:५०

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

बुटवल - अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका २ ओखरीका ८० वर्षीय रामबहादुर क्षेत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधवार बिहान घरबाट झिरा आउने क्रममा क्षेत्रीलाई रानी सामुदायिक वनमा भालुले आक्रमण गरेको थियो । 

भालुको आक्रमणबाट गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


  • सम्बन्धित विषय:

  • # अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend