काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आउँदो निर्वाचनमा १३ सिटमा झारिदिने बताएका छन् । आज एक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘कांग्रेसलाई हामीले पाँच वर्षअघि २३ मा झारिसक्यौँ’ अध्यक्ष ओलीले भने, ‘अब १३ सिटमा झारिदिनुपर्छ ।’ सत्ता गठबन्धनलाई यो केही पनि होइन भन्दै उनले भने, ‘पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ? अब १३ सिटमा झार्नुपर्छ, ।’त्यसका लागि निरन्तररुपले लाग्न अध्यक्ष ओलीले आफ्ना कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।
उनले कांग्रेसलाई ६० वर्षमाथिका ज्येष्ठ नागरिकले मत नदिने उल्लेख गर्दै युवाहरूले त झन भोट हाल्नुपर्ने कारण नै नभएको जिकिरसमेत गरे ।