असोज २९ गते २०८३ || October 15, 2026

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेट


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०४:२३

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेट

काठमाण्डौँ - उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । । उपप्रधानमन्त्री श्रेष्ठलाई औपचारिक बधाई ज्ञापन गर्न राजदूत श्रीवास्तव मन्त्रालय पुगेका थिए । राजदूत श्रीवास्तबले भारत सरकार र भारतीय जनताको तर्फबाट सफल कार्यकालको शुभकमना तथा बधाई दिए ।  

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशामा रहेकोमा विकाशको लक्ष्य हासिल गर्न भारत सरकारको सहयोग हुने विश्वास व्यक्त गरे । यसैगरी, राजदूत श्रीवास्तवले नेपाल सरकारलाई रेल्वेलगायतको पूर्वाधारमा थप सहयोग गर्न इच्छुक रहेको बताए ।  सहयोगमा चालू रहेका विकास आयोजनालाई गति दिन आगामी दिनमा आवश्यक छलफल गर्दै जाने कुरा भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले बताए । शिष्टाचार भेटमा परराष्ट्र मन्त्रालयका उपसचिव शुभाङ्ग पराजुलीलगायतका अधिकारीको उपस्थिति थियो   ।


  • सम्बन्धित विषय:

  • # उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच शिष्टाचार भेट
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend