असोज २९ गते २०८३ || October 15, 2026

टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने 


पिपल अनलाइन
बुधबार, पुस २० २०७९०४:४३

टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने 

काठमाण्डौँ - टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीका नागरिकमाथि बढ्दो जीवनयापन खर्चको बोझ कम गर्ने प्रयासस्वरूप सरकारले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको बिहीबार घोषणा गरेका हुन् । सन् २०२३ मा मासिक न्यूनतम तलब आठ हजार ५०६.८ लिरा करिब चार सय ५५ अमेरिकी डलर हुनेछ, जुन जुलाइमा निर्धारण गरिएको स्तरबाट ५५ प्रतिशत र जनवरीबाट १०० प्रतिशतको वृद्धि हो । 

एर्दोगानले पत्रकार सम्मेलनमा भने, “रोजगारदाता र कर्मचारी युनियनबीच सहमति हुन नसकेपछि टर्की सरकारले हस्तक्षेप गरेर न्यूनतम तलबको स्तर निर्धारण गरेको छ ।” यद्यपि, टर्कीको ‘कन्फेडेरेसन अफ वर्कर्स युनियन’ले एक वक्तव्य जारी गर्दै सरकारले निर्धारण गरेको पारिश्रमिकले कर्मचारीको जीवनस्तर पूरा नगरेको जनाएको छ । सन् २०१८ को मध्यतिर विदेशी मुद्रा अभाव उत्पन्न भएपछि टर्कीले उच्च मुद्रास्फिति र घरपरिवारका लागि घट्दो क्रयशक्ति जस्ता गम्भीर आर्थिक समस्याहरूको सामना गरिरहेका छन् । मे २०२१ पछि पहिलोपटक यसै वर्षको नोभेम्बरमा टर्कीको मुद्रास्फितीमा सुस्तता देखिएको थियो ।  यो अक्टोबरमा ८५.५ प्रतिशतबाट घटेर ८४.३ प्रतिशतमा झरेको थियो । यो सङ्कट सन् २००२ पछिको सबैभन्दा उच्च हो । सरकारी तथ्याङ्कअनुसार टर्कीमा करिब ६० लाख मानिस वा सबै कर्मचारीको करिब ३८ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउँछन् ।


  • सम्बन्धित विषय:

  • # टर्कीले सन् २०२३ को सुरुदेखि न्यूनतम ज्यालामा ५५ प्रतिशतले वृद्धि गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend