असोज ३० गते २०८३ || October 16, 2026

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो !


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०७:३७

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो !

काठमाण्डौँ - देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेको छ । शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तराईका धेरै भू–भागहरूमा दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ । 

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा राति पनि हुस्सु र कुहिरो हट्ने छैन । तराईका धेरै  भू–भागहरूमा बाक्लो हुस्सु र कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend