कात्तिक १ गते २०८३ || October 17, 2026

शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०७:४३

शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन् ।

 देउवाका कारण प्रधानमन्त्रीसहित सबै राजकीय पद कांग्रेसले गुमाएको भन्दै पार्टीभित्र आलोचना भइरहेका बेला उनले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटेर छलफल गरेका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसमेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट छन्।


  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend