असोज २९ गते २०८३ || October 15, 2026

६ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०८:२८

६ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु

 काठमाण्डौँ - मधेश प्रदेशबाहेक अन्य छवटा प्रदेशका प्रमुखले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेका छन्। सातवटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा सोभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्। 

सङ्घीय सरकार गठन भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुभएपछि मात्रै प्रदेशमा सत्ता साझेदार दलहरूबीच सहमति कायम गरेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी गरेकका छन् । तर तीनवटा प्रदेशका प्रमुखले प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा अघि नै प्रदेशमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। 
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखले पुस २७ गते बुधबार ४ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरे । सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख छन् । प्रदेश १ का प्रमुख परशुराम खापुङले पुस २४ गते ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरे । उनले पुस १७ गते नै मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो। बाँकीका पाँचवटा प्रदेशका प्रमुखको कार्यालयले भने बिहीबार मात्रै चारदेखि सात दिनसम्मको समयसीमा राखेर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

बागमती र गण्डकी प्रदेश प्रमुखको कार्यालयले पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न सूचना जारी गरेको हो। बागमतीमा यादवचन्द्र शर्मा र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख छन्। मधेश प्रदेशस्थित प्रदेश प्रमुखले भने एकरदुई दिनभित्रै मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गर्ने तयारी गरेका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले भने, “निर्वाचन परिणाम सार्वजनिक भएपछि एक महिनाको समय हुन्छ, हतार छैन, एकरदुई दिनभित्रै दाबी पेस गर्न आह्वान गर्नेछौँ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # ६ प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend