कात्तिक १ गते २०८३ || October 17, 2026

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०१:०२

सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

काठमाण्डौँ - सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण  मृत्यु भएको हो ।

 खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन  छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ । तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ । 


  • सम्बन्धित विषय:

  • # सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend