असोज २९ गते २०८३ || October 15, 2026

रवि लामिछानेको मुद्दामा पहिलो रिटको सुनुवाइ सम्पन्न


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०२:३९

रवि लामिछानेको मुद्दामा पहिलो रिटको सुनुवाइ सम्पन्न

 काठमाडौँ - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको विषयमा परेका दुईमध्ये एक रिटको सुनुवाइ सकिएको छ। अधिवक्ता रबिराज बसौलाले दायर गरेको रिटमा सुनुवाइ सकिएको हो। उक्त सुनुवाइ सकिएसँगै इजलासमा युवराज पौडेलले दायर गरेको दोस्रो रिटको सुनुवाइ भइरहेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेशी तोकिएको थियो । संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने निर्णय गरेको थियो । आज अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै दुई वटा रिट निवेदन दायर भएको थियो ।

 


  • सम्बन्धित विषय:

  • # रवि लामिछानेको मुद्दामा पहिलो रिटको सुनुवाइ सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend