असोज २९ गते २०८३ || October 15, 2026

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोली सार्वजनिक गरिने


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०४:२३

सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोली सार्वजनिक गरिने

काठमाडौँ - सत्तागठबन्धनमा आबद्ध दलहरुले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रम तयार बनाएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एक,एक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रम तयार पारिएको छ । तयार भएको उक्त न्यूनतम् साझा कार्यक्रम  भोलि सार्वजनिक गरिने बताइएको छ ।

शनिबार सत्तागठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि अध्ययनपश्चात् आवश्यक थपघट गर्नुपरेमा थपघट गरेर सार्वजनिक गरिने भएको छ । न्यूनतम् साझा कार्यक्रमभित्र आर्थिक समृद्धि, विकासलगायत थुप्रै पाटोलाई जोड दिइएको छ ।


  • सम्बन्धित विषय:

  • # सरकारको न्यूनतम साझा कार्यक्रम तयार, भोली सार्वजनिक गरिने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend