असोज २९ गते २०८३ || October 15, 2026

'एमालेसँग एकता अहिले सम्भव छैन' : माधवकुमार नेपाल


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०४:३८

'एमालेसँग एकता अहिले सम्भव छैन' : माधवकुमार नेपाल

 काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहेको धारणा राखे । त्यस्तै अध्यक्ष नेपालले अहिले विचार मिल्नेसँग एकताका लागि पहल सुरु गरिएको भन्दै एमालेसँग भने अहिलेको अवस्थामा एकता हुन नसक्ने स्पष्ट पारे। 
उनले पार्टी एकताका लागि जसपा लगाएतका दलसँग छलफल भइरहेको जानकारी पनि दिए । 


  • सम्बन्धित विषय:

  • # 'एमालेसँग एकता अहिले सम्भव छैन' : माधवकुमार नेपाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend