असोज ३० गते २०८३ || October 16, 2026

भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै,संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने 


पिपल अनलाइन
शुक्रबार, पुस २२ २०७९०५:१३

भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै,संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने 

काठमाडौँ -  संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे तयारीका लागि भोलि कांग्रेस संसदीय दलको बैठक बस्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ गतेका लागि संघीय संसदको बैठक आह्वान गरेसँगै यसको तयारिमा कांग्रेस जुटेको हो । कांग्रेस संसदीय दलको बैठक भोलि १ जबे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ । उक्त बैठक पूर्व कांग्रेस नेताहरु पार्टी सभापति शेरबहादुर देउवा निवासमा जुटेका छन् ।

कांग्रेस सांसदहरु अहिले देउवा निवासमा छलफलका लागि पुगिरहेका छन्। यसैगरी २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेको छ । यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीलाई समेत छलफलका लागि डाकेका छन् ।


  • सम्बन्धित विषय:

  • # भोलि कांग्रेस संसदीय दलको बैठक बस्दै,संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend