असोज ३० गते २०८३ || October 16, 2026

संसद् बैठक नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने 


पिपल अनलाइन
शनिबार, पुस २३ २०७९०७:१५

संसद् बैठक नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने 

काठमाडौँ - प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधिसभा नियमावली २०७५ लाई नै बैठक सञ्चालनका लागि अनुमोदन गरेर जाने निर्णय भएको बताए ।

उनका अनुसार बैठक सञ्चालन र प्रतिनिधिसभा बैठकमा दलले बोल्न पाउने समय बाँडफाँटका विषयमा निर्णय भएको छ। नियमावली संशोधन गर्ने विषयमा अर्को कुनै बैठकबाट समिति गठन गरेपछि संशोधन गर्ने निर्णय भएको उनले बताए। धमलाका अनुसार बैठकको अर्को निर्णय हरेक दलबाट दलीय आधारमा पहिलो बैठकमा सम्बोधन गर्ने र पहिलो बैठकको छलफलको समय दुई घण्टा निर्धारण गरिएको छ। 


  • सम्बन्धित विषय:

  • # संसद् बैठक नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend