असोज ३० गते २०८३ || October 16, 2026

पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव 


पिपल अनलाइन
शनिबार, पुस २३ २०७९०७:३९

पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव 

काठमाण्डौँ - सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ ।

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने’ कार्यदलले तयार पारेको मस्यौदामा लेखिएको छ । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेताहरुले अनुमोदन गरेपछि यसबारे औपचारिक निर्णय हुनेछ ।
सरकारमा सहभागी हुन राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिनुपर्ने सर्त राख्दै आएको थियो । 


  • सम्बन्धित विषय:

  • # पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend