असोज २९ गते २०८३ || October 15, 2026

आजको मौसम : मौसम सामान्यतया सफा रहने, केहि भू–भागमा हुस्सु÷कुहिरोको  सम्भावना  


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०७:३७

आजको मौसम : मौसम सामान्यतया सफा रहने, केहि भू–भागमा हुस्सु÷कुहिरोको  सम्भावना  

काठमाडौँ - आइतबार बिहानीपख तराई–मधेसका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ । दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु कुहिरो  लाग्ने सम्भावना रहेको छ,’ महाशाखाद्वारा जारी सूचनामा भनिएको छ । यस्तै, राति सुदूरपश्चिम, कर्णाली  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने अनुमान छ।


  • सम्बन्धित विषय:

  • # आजको मौसम : मौसम सामान्यतया सफा रहने, केहि भू–भागमा हुस्सु÷कुहिरोको  सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend