असोज ३० गते २०८३ || October 16, 2026

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०७:४४

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

 काठमाण्डौँ - प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते जनवरी १ परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । “आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ,” उनले भने, ’तर, जब मोबाइलमा यसको परीक्षण सुरु गरियो, मोबाइल सेट नै धेरै कम भएको पाइयो ।’ टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend