कात्तिक १ गते २०८३ || October 17, 2026

राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९११:२७

राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान

 काठमाडौँ - निर्वाचन आयोगले राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान गरेको छ । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने रिक्त एक सीटका लागि माघ २५ गते उपनिर्वाचनको मिति तोकिसकिएको छ ।

आयोगले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि पुस २८ सम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची( १२ बमोजिमको ढाँचामा निवेदन माग गरेको छ । लुम्बिनीबाट निर्वाचित एमालेका सांसद खिमलाल भट्टराईले चुनाव लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सीट खाली छ ।


  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा उपचुनावका लागि दल दर्ता आव्हान
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend