असोज २९ गते २०८३ || October 15, 2026

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीसँग मागे विश्वासको मत 


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९०१:४२

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीसँग मागे विश्वासको मत 

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीसँग विश्वासको मत मागेका छन् ।  प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । यसअघि आइतबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल र यादवसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । भेटपछि माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । यस्तै जसपा अध्यक्ष यादवले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै शंका नै नरहेको बताउँदा नेकपा एस अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया नै दिएनन् ।


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीसँग मागे विश्वासको मत
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend