असोज ३० गते २०८३ || October 16, 2026

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जानुहुँदै


सोमबार, चैत ७ २०७८०८:१३

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जानुहुँदै

काठमाडौं - परराष्ट्र मन्त्री नारायण खड्का चैत १६ गते श्रीलङ्का जाने हुनुभएको छ । पाँचौं बिमस्टेक शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री खड्का श्रीलङ्का जान लाग्नुभएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्रमन्त्री खड्का र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालसहित नेपाली प्रतिनिधिमण्डल श्रीलङ्का जाने जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद् बैठकले श्रीलंका जाने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । बिमस्टेक वडापत्रलगायत दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो । प्रवक्ता कार्कीका अनुसार बिमस्टेक बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

 


  • सम्बन्धित विषय:

  • # बिमस्टेक शिखर सम्मेलन


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend